नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफूले धारण गरेको शेयर बिक्री गर्न आवेदन दिएसँगै कम्पनीले शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रथम प्राथमिकताअनुसार संस्थापक शेयरधनीका नाममा उक्त शेयर बिक्रीमा ल्याएको छ । इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफको केन्द्रिय कार्यालय काठमाडौँ महानगरपालिका २८, कमलादीमा निवदेन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार