काठमाडौं ।मुलुकमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरु मध्ये ८ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार जारी गरेका बीमा पोलिसीहरुमा लागु हुनेछ र सोही अनुसार बीमितहरुले पाउने सक्ने छन् ।
हालसम्म नेपाल लाइफ, सूर्यज्योति लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स लाइफ, मेट लाइफ, एलआइसी नेपाल र रिलायबल नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०८०/८१ को लागि यी बाहेकका अन्य ६ जीवन बीमा कम्पनीहरुले चाँही अझै पनि बोनसदर सार्वजनिक गरेका छैनन् । बीमा कम्पनीहरुले आर्थिक वर्ष ०८०/८१ को बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बिमाङ्किय मूल्यांकन प्रतिबेदन आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउने जनाएको छ। यस योजनामा सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, लघु सावधिक, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना समावेश छन्।
त्यस्तै सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन्। त्यही प्रकारले जीवन समुन्नत बीमा योजनामा ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसको व्यवस्था गरिएको छ। सुनौलो भविष्य जीवन बीमा योजनामा विकल्प १ र २ का लागि ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस प्रदान गरिनेछ। यस्तै सुनौलो भविष्य जीवन बीमाको एकल बीमाशुल्क योजनामा बीमितले ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्नेछन्।
सावधिक जीवन बीमालेखकै केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा बीमितले ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म र जीवन साहारा र अनमोल जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिइने कम्पनीले जनाएको छ। अग्रिम भुक्तानी योजनाहरूमा पनि बोनस दर घोषणा गरिएको छ। यस बीमालेख अन्तर्गतका सबै बीमा योजनाहरूमा समान ५६ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। त्यसैगरी अन्य योजनाहरू जस्तै जीवन सारथी योजनामा बीमितहरूले ६२ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस पाउने भएका छन्।
सूर्यज्योति लाइफ इन्स्योरेन्स
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनश दिने भएको छ ।
सूर्यज्योति लाइफ बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ । साथै नेपाल बीमा प्रधिकरणबाट निर्देशिकालाई पालना गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी च्द्यऋ ख्बगिबतष्यल स्वीकृत गर्ने पहिलो जीबन बीमा कम्पनी बन्न सफल भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा बीमाअवधि अनुसार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै कम्पनीको अर्काे बीमा योजना वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँसम्म र सिटिन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।
त्यसैगरी सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँम्म र सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेख सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेखमा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस पाउने भएका छन्।
त्यस्तै सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) बीमालेखमा बीमा अवधिअनुसार बीमितलाई कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ प्रतिहजार प्रतिवर्षका दरले बोनस दिने घोषणा गरको छ।
आइएमई लाइफ इन्स्योरेन्स
आईएमई लाइफ इन्स्योरेन्सले कम्पनीले सावधिक, सिमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ प्रति हजारका दरले बोनस दिने भएको छ। त्यसैगरी सामूहिक सावधिक बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ भने सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन्।
त्यस्तै अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म र अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दिने जनाएको छ।
यता बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) योजनामा बीमा अवधिअनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म र वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस दिने भएको छ।
त्यसैगरी कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता) बीमा योजनामा बीमालेखको सम्पूर्ण बीमा अवधिका लागि समान २२ रुपैयाँ प्रति हजारका दरले बोनस दिने भएको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ भने एकलतर्फ ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले त्रिपल सावधिक बीमामा बीमितलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दिने भएको छ। यता दम्पति सावधिक बीमा योजनामा पनि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनसदर तोकेको छ।
त्यसैगरी कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधितम ७० रुपैयाँसम्म बोनस दिने भएको छ। अग्रिम भुक्तानी योजनामा बीमितले ३२ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बोनस पाउने भएका छन्।
कम्पनीले तोकेको बोनसदर अनुसार बीमितले वार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम १९ रुपैयाँ र अधिकतम २१ रुपैयाँ रहेको छ भने मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कका सम्पूर्ण बीमा अवधिमा समान २४ रुपैयाँ र एकल शुल्कका सम्पुर्ण बीमा अवधिमा समान ५४ रुपैयाँ बोनसदर पाउने भएका छन्।
त्यस्तै १५ वर्षे अग्रिम भुक्तानी योजनाका सबै बीमा अवधिमा ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ र सामूहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ प्रतिहजारका दरले बोनसदर तोकिएको छ। कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म र सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
त्यस्तै सीमित भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर तोकिएको छ भने बाल सावधिक बीमा योजनामा बीमालेख अवधि अनुसार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ३४ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ।
मेट लाइफ
मेट लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुुसार अग्रीम भुक्तानी बीमा योजना (थ्री पेमेन्ट प्लान) मा बीमितले बीमा अवधि अनुसार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस (प्रति हजारका दरले) पाउने भएका छन् । यस योजनामा कम्पनीले १ देखि १५ वर्षको बीमा अवधिमा ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा अवधिको योजनामा ६५ रुपैयाँ बोनस दिने भएको हो।
त्यसैगरी अग्रीम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) बीमा योजनामा १ देखि १५ वर्षको बीमा अवधिलाई ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५० रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ५५ रुपैयाँ बोनस दिने भएको छ।
त्यस्तै मेट लाइफले सावधिक जीवन बीमा योजनाको १ देखि १५ वर्षे बीमा अवधिमा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ७५ रुपैयाँ अधिकतम बोनस दिने जनाएको छ।
कम्पनीले अर्को बीमा योजना शिक्षा संरक्षण बीमामा पनि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। जसमा १ देखि १५ वर्ष अवधिको योजनामा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको योजनामा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा योजनामा ७५ रुपैयाँ बोनस दिने जनाएको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ५० रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै रिलायबल सुलभ जीवन बीमालेख र सुलभ बाल जीवन बीमालेख प्लस योजनामा २५ रुपैयाँदेखि ४१ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ।
यता रिलाबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) मा २५ देखि २६ रुपैयाँसम्म बोनस दिने भएको छ भने लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलायबल लघु सावधिक जीवन बीमालेखमा ३१ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ।
त्यस्तै सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० र ५५ रुपैयाँ, रिलायबल समुन्नती जीवन बीमा योजनामा २० रुपैयाँदेखि २३ रुपैयाँसम्म र रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा ६० देखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ।
एलआइसी नेपाल
लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले जीवन बीमा, जीवन साथी, जीवन श्री बीमा योजनामा बीमालेखको अवधि अनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५३ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म र जीवन आनन्द बीमा योजनामा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।
त्यस्तै बाल सावधिकमा ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म, धन वृष्टि बीमा योजनामा न्यूनतम ५५ र अधिकतम ५७ रुपैयाँ, धन र्फिता बीमा योजनामा ५६ देखि ६० रुपैयाँसम्म र बाल ममता र बाल स्नेह बीमा योजनामा न्यूनतम ५५ रुपैयाँ र अधिकतम ५७ रुपैयाँ बोनस दिने भएको छ।
त्यस्तै कम्पनीले जीवन तरंग बीमा योजनामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, न्यू जीवन तरंग बीमा योजनामा ५० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, जीवन बचत बीमा योजनामा ४१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
त्यसैगरी कम्पनीले जीवन लाभ बीमा योजनामा न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५७ रुपैयाँसम्म, बाल समृद्धि बीमा योजनामा ५५ र ५६ रुपैयाँ र लघु सावधिक बीमा योजनाको सबै बीमा अवधिमा ४१ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ।