फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ सुरु

काठमाडौं । नेपालमा विद्यमान आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी चुनौतीहरूलाई प्रविधिमैत्री दृष्टिकोणबाट समाधान गर्न लक्षित गर्दै एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपालले आयोजना गर्न लागेको ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ आजदेखि काठमाडौँमा सुरु भएको छ । सम्मेलन आज र भोलि गरि दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालन भएको छ ।

सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । यस अवसरमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सबै ७५३ वटै स्थानीय तहका प्रतिनिधिहरू, निजी क्षेत्रका अग्रणी उद्योगी तथा व्यवसायीहरू र सुरक्षा तथा आगलागी न्यूनीकरणका विषयमा विज्ञहरू उपस्थित थियो ।

दुई दिनसम्म सञ्चालन हुने यो सम्मेलनमा चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड र भियतनामसहित १४ राष्ट्रका विज्ञहरूले आ–आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्नेछन् । सम्मेलनमा विभिन्न छलफल सत्र, प्रविधि प्रदर्शनी र अन्तरक्रियात्मक कार्यक्रमहरू समावेश गरिएका छन्, जसले सहभागीहरूलाई अन्तर्राष्ट्रिय प्रविधिगत नवीनता, सफल अभ्यास र समाधानहरूको जानकारी दिनेछ ।

नेपालमा प्रत्येक वर्ष आगलागीका घटनाबाट व्यापक जनधनको क्षति हुने गरेको परिप्रेक्ष्यमा, यस किसिमका अन्तर्राष्ट्रिय सम्मेलनहरू आवश्यक र प्रभावकारी हुने आयोजकहरूले बताएका छन्। यस्ता कार्यक्रममार्फत समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्नुका साथै नीतिगत सुधार र प्रविधि उपयोगलाई सशक्त बनाउने लक्ष्य लिइएको छ ।

कार्यक्रम निर्देशक सुरेश श्रेष्ठका अनुसार यो सम्मेलन नेपालको सुरक्षा नीतिमा सुधार ल्याउने दिशामा एक महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ । साथै, नीति निर्माता, विज्ञ, सुरक्षाकर्मी तथा व्यवसायीहरूलाई एउटै साझा मञ्चमा ल्याई सहकार्य, साझेदारी र समाधान को अवसर सिर्जना गर्नु पनि सम्मेलनको प्रमुख उद्देश्य हो । उक्त सम्मेलनले नेपालमा सुरक्षा प्रविधि विकास, आगलागी न्यूनीकरण रणनीति तथा विद्युतीय सुरक्षाको क्षेत्रमा दीर्घकालीन योगदान पु९याउने ठोस अपेक्षा गरिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार