सीजी इलेक्ट्रिक डिलर्स मिट २०८१ सम्पन्न

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले ‘रिफ्रेस, रिन्यू र रिफोकस’ भन्ने मूल नाराका साथ ‘सीजी इलेक्ट्रिक डिलर्स मिट २०८१’ सम्पन्न गरेको छ। व्यवसायिक साझेदारहरूको सम्मान, नवीनतम रणनीति प्रस्तुत गर्ने उद्देश्य तथा व्यवसायिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्यका साथ यो विशेष कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा केन्ट ब्रान्डका फ्यान, एमसीबी, स्विच, कुलर तथा सीजी ब्रान्डका बल्ब, सब-मीटर, एमसीबी, स्विच लगायतका नवीनतम उत्पादनहरू प्रस्तुत गरिएको साथै डिलर नेटवर्कलाई अझ प्रभावकारी बनाउन आगामी योजनाहरू समेत सार्वजनिक गरिएको कम्पनिले जनाएको छ । नेपाली बजारमा सीजी इलेक्ट्रोनिक्सको योगदान उल्लेखनीय बनाउने डिलरहरूको महत्त्वपूर्ण भूमिकालाई कदर गर्दै श्रेष्ठ प्रदर्शन गर्ने डिलरहरूलाई विशेष सम्मान तथा विभिन्न आठ श्रेणीमा अवार्ड प्रदान गरिएको कम्पनिले जनाएको छ ।

कार्यक्रमको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र केन्ट भारतका प्रबन्ध निर्देशक चिराग गुप्ताको गरिमामय उपस्थितिका विच दिप प्रज्वलन सहित कार्यक्रमको शुभारम्भ भएको थियो । उनीहरुले डिजिटल रूपान्तरण, ग्राहक केन्द्रित सेवा तथा उच्च प्रविधियुक्त उत्पादनहरू ल्याउने कम्पनीको रणनीति प्रस्तुत गरेका थिए । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालको इलेक्ट्रोनिक्स बजारमा आफुहरु लामो समय देखि रहेको तथा केन्ट भारत तथा सिजी इलेक्ट्रिक मार्फत आफुहरु नेपाली उपभोक्ता माझ रहन पाउँदा खुसि रहेको बताए । साथै केन्ट भारतका प्रबन्ध निर्देशक चिराग गुप्ताले नेपाली उपभोक्ता र उपस्थित वितरकहरुको प्रसंसा गर्दै नेपाली बजारमा अबको समयमा नेपाली बजारमा निरन्तर अत्याधुनिक र सर्वशुलभ उत्पादन उपलब्ध गराउने जानकारी गराए ।

डिलर मिटको अवसरमा केन्ट ब्रान्डको कुलर पनि नेपाली बजारमा लन्च गरिएको छ, ४५, ५०, ७० तथा ९० लिटर क्षमताको एअर कुलर नेपाली बजारमा उपलब्ध हुने र आधुनिक क्षमताका एअर कुलरले उपभोक्ताबीच नयाँ अनुभब र सन्तुस्टी प्रदान गर्ने कम्पनिको विस्वास रहेको छ। २५०० देखि ४००० मिटर क्युव एअर डेलिभरी गर्न सक्ने यी एअर कुलरमा १ बर्षको वारेन्टी र उपभोक्ताको आवस्यकता अनुसारबिभिन्न आकारमा रहेका छन्। साथै उक्त अवसरमा सिजी ब्रान्डको स्ट्रिट लाइटको पनि लन्च गरेको छ, कम विद्दुत खपतमा बढी उज्यालो दिने कम्पनिले जानकारी दिएको छ।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा नयाँ उत्पादनहरूको प्रस्तुति, बजार रणनीति छलफल, डिलर अनुभव सेसन, र नेटवर्किङ सेसन रहेका थिए। यसका साथै, नेपाली सांस्कृतिक प्रस्तुति ले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

सीजी इलेक्ट्रोनिक्सले आगामी वर्षहरूमा गुणस्तरीय उत्पादन, नवीन प्रविधि, र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। कम्पनीले डिजिटल प्रविधिको उपयोग, बिक्री प्रवर्द्धन योजनाहरूको सशक्त कार्यान्वयन, तथा डिलरहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै नेपालभरको बजारमा आफ्नो उपस्थिति सशक्त बनाउन योजना बनाएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार