कुलमान घिसिङका पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकहरूले आइतवार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले “देशको शान, कुलमान घिसिङ”, “उज्यालो नेपालका नायक”, “जनताको मनमा कुलमान”, “कुलमान हाम्रो शान हो, देश र जनताको मान हो” जस्ता नारासहित प्लेकार्ड र ब्यानर बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागीहरू कुलमान घिसिङको योगदानको प्रशंसा गर्दै उनको पुनर्नियुक्तिको माग गरिरहेका थिए।

सरकारले गत चैत ११ गते कुलमान घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै नागरिक स्तरबाट समर्थन र ऐक्यबद्धता जनाउने उद्देश्यले प्रदर्शन गरिएको प्रदर्शनकारीहरूले बताएका छन्।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार