CLI

अनोस्ववियू पुर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीको नेतृत्व क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू पुर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षणका प्रमुख अतिथि पार्टी पोलिटब्युरो सदस्य सुदेश पराजुली रहेका थिए। उनले समग्र राजनीतिक परिप्रेक्ष्यमा केन्द्रित रहेर प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई सम्बोधन गरेका थिए ।

पार्टी केन्द्रीय सदस्य माधव पन्तले नेपाली विद्यार्थी आन्दोलन,अनेरास्ववियूकाे ईतिहास र आगामी कार्य योजनाको विषयमा प्रशिक्षण दिएका थिए । अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले संगठन विधि, विधान, पद्धति अनेरास्ववियूकाे काम कर्तव्यको विषयमा प्रशिक्षण दिएका थिए । संगठनका उपाध्यक्ष अशोक थापाले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए।

४७ जना सहभागी रहेको प्रशिक्षणमा विभिन्न पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेज बाट ३/३ जनाको दरले सहभागी रहेको साथै संगठनका उपाध्यक्ष कल्याण दाहाल, महासचिव राजन शर्मा पराजुली अतिथी रहेको जानकारी अनेरास्ववियू पुर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष मनोज चन्दले जानकारी दिए।

Leave Your Comment

Related News