७ प्रतिशत ब्याजदर भएको ‘एनआईसी एशिया डिबेन्चर २०९१’ आजदेखि बिक्री खुला

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नयाँ ऋणपत्र ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ आजदेखि बिक्री खुला गरेको छ। लगानीकर्ताहरूले यसमा आजदेखि आवेदन दिन सक्नेछन्।

बैंकले नेपाल धितोपत्र बोर्डबाट चैत १३ गते स्वीकृति प्राप्त गरी कुल ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो। प्रतिकित्ता मूल्य रु. १,००० तोकिएको उक्त ऋणपत्रको कुल ५० लाख कित्ता जारी गरिनेछ।

जारी गरिने कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ।

१० वर्षे अवधिको यो डिबेन्चरमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। लगानीकर्ताहरूले न्यूनतम २५ कित्ता र अधिकतम २५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्रमा आवेदन दिने अन्तिम म्याद चैत २८ गतेसम्म तोकिएको छ। यदि तोकिएको अवधिसम्म पर्याप्त आवेदन प्राप्त नभएमा आवेदन अवधि वैशाख ८ गतेसम्म लम्ब्याइने बैंकले जानकारी दिएको छ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार