नारायणघाट–बुटवल खण्डमा सबारी रोकेर कामलाई तिब्रता दिने

काठमाडौं । चार लेनमा विस्तार र स्तोउन्नति  भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत दाउन्ने खण्डमा सडक मर्मत संभार र निर्माण कार्य गर्न २०८१ चैत २७ देखी २०८२ चैत ३१ सम्म प्रत्येक दिन बिहान ११ बजे देखी दिउँदो ३ बजे सम्म र २०८२ बैसाख १ देखी १५ गते सम्म राति ११ बजे देखी भोलिपल्ट बिहान ५ बजे सम्म सो सडक खण्ड हुँदै गुड्ने सबारी साधन रोकेर आयोजनाको कामलाई तिब्रता दिने आयोजनाले जनाएको छ ।

नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ ।

बुटवल नारायणघाट खण्डमा नारायणघाटबाट बुटबल तर्फ जाने सवारीसाधन यात्रु वाहक सबारीसाधन बस, मिनिबस, माइक्रोबस र साना सबारी साधनलाई होङ्सी सिमेन्ट गेट दुम्किबास बजार खण्ड मा र मालबाहक सबारी साधनमा ट्रक, लरि,ट्रेलर,ट्रिपर ट्रयाक्टर लाई र चोररमारा बजार खण्डमा रिकिने आयोजना निर्देशनालयले जनाएको छ ।

त्यसैगरि बुटबलबाट नारायणघाट तर्फ आउने सबारीसाधन यात्रु वाहक सबारीसाधन बस, मिनिबस, माइक्रोबस र साना सबारी साधनलाई चिसापानी बर्दघाट सडक खण्डमा र मालबाहक सबारी साधनमा ट्रक, लरि,ट्रेलर,ट्रिपर ट्रयाक्टर लाई ज्यामिरे हकुइ खण्डमा रोकि निर्माण कार्यलाई तिब्रता दिने आञोजनाले जनाएको छ ।

आयोजना निर्देशनालयले सो खण्डमा गुड्ने सवारी साधनलाई लेन अनुशासन कायम राख्न र सबारी साधन लामबद्द भएको अबस्थामा जथाभावी भोभरटेक नगर्न समेत अनुरोध गरेको छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार