मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं । सोमबार मन्त्रिरिषद्‍को बैठक बस्दैछ। सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना छ। महाप्रसाद अधिकारी विदा भएपछि अहिले राष्ट्र बैंक गभर्नरविहीन छ।

२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन्।

मन्त्रिपरिषद् बैठकपछि सोमबार साँझ पाँच बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सत्रौँ बैठक पनि प्रधामन्त्री कार्यालय सिंहदरबारमै बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार