CLI

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । सोमबारका लागि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८०० तोकेको छ । आइतबार सुनको मूल्य १ लाख ७४ हजार ५०० मा कारोबार भएको थियो।

सुनको मूल्य शुक्रबार प्रतितोलामा ३ हजार ९०० र आइतबार १ हजार ९०० रुपैयाँ घटेको थियो। गत बिहीबार भने सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेको थियो , जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

सोमबार चाँदीको मूल्य भने बढेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ८३० तोकिएको महासंघले जनाएको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।

Leave Your Comment

Related News