निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

२०७६ चैत २४ मा मन्त्रिपरिषदले निर्णय गरेर २०७६ चैत २५ मा नेपाल राष्ट्र बैंकको गभर्नरको पदभार सम्हालेका महाप्रसाद अधिकारी २०८१ चैत २४ मा ५ वर्षे कार्यकाल पूरा गरेर बिदा भइसकेसँगै तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकिएको ।

चैत २४ गते सार्वजनिक बिदा भएका कारण गभर्नर अधिकारी शुक्रबार नै राष्ट्र बैंकबाट बिदा भइ सके ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार