काठमाडौं । युरोपको नम्बर १ होम एप्लाएन्स ब्रान्ड र चौधरी ग्रुपको अन्तर्राष्ट्रिय साझेदार बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विशेष उपहार योजना सार्वजनिक गरेको छ। “अनबक्स ह्याप्पीनेश” नारासहित सुरु गरिएको यो योजना अन्तर्गत, उपभोक्ताहरूले ४१ हजार ४०० रुपैयाँसम्मको बचतको अवसरका साथै विभिन्न किसिमका क्यासब्याक र उपहारहरू प्राप्त गर्न सक्नेछन्।
नयाँ वर्ष २०८२ को शुभ अवसरमा बेकोको विभिन्न घरायसी सामानहरु जस्तै रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कन्डिशनर, डिशवाशर तथा फ्रि स्टेंडिङ ओभनको खरिद गर्दै ग्राहकहरुले आप्mनो घरमा नयाँपनको हर्षका साथै विभिन्न आकर्षक उपहार तथा हरेक खरिदमा आकर्षक बचत पाउँदै अब उत्सवको खुशीयाली झनै बढाउन सक्नुहुने विश्वास कम्पनीले लिएको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानका साथै १००% पार्ट्स् उपलब्धता तथा सर्भिस् ग्यारेन्टी लगायत बेकोको अन्तराष्ट्रिय विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा रमाउन सक्नुहुनेछ ।
यस योजना अन्तर्गत बेको सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरमा निःशुल्क क्रम्पटन ड्राई आइरन, वाशिङ मेशिनमा निःशुल्क ६ के.जी. एरियल म्याटिक, एयर कन्डिशनरमा निःशुल्क जडान, डिशवाशरमा निःशुल्क २ प्याकेट डिशवाशर किट तथा फ्रि स्टेंडिङ ओभनमा निःशुल्क सि.जी. प्रेसर कुकर जित्ने अवसर रहेको छ । यो योजना चैत्र २४, २०८१ देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।
साथै सि जी इलेक्सको वेब साईटमा गई आफ्ना पुराना सामानहरुको एक्सचेन्ज समेत गर्न सकिन्छ भने ० प्रतिशत इएमआईमा सामानहरु खरिद समेत गर्न सकिन्छ ।