काठमाडौं । विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म इनड्राइभले आफ्नो बहुप्रतिक्षित “राइड एण्ड विन” प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन नेपालमा सफलतापूर्वक सम्पन्न गरेको छ । ड्राइभर–पार्टनरहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले सुरु गरिएको यो क्याम्पेन १० मार्च २०२५ मा सुरु भएको थियो, जसमा नेपालभरीका इनड्राइभ ड्राइभरहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।
प्लाटिनम ड्राइभर गिभअवे अन्तर्गत ड्राइभरहरूले १० मार्चदेखि १६ मार्चसम्म ३५ राइड पूरा गरेपछि प्लाटिनम स्तरमा पुग्नुपर्ने थियो । त्यसपछि १७ मार्चदेखि २३ मार्चसम्म तिनीहरूले गरेका राइडहरूको आधारमा विजेता छनोट गरिएको थियो । यस अवधिमा धेरै राइड गर्ने ड्राइभरहरू जित्ने अवसरमा अगाडि थिए ।
यो घोषणा मार्च २६ मा बेलुका ७ः०० बजे इन्स्टाग्राममा प्रत्यक्ष प्रसारणमार्फत गरिएको थियो, जहाँ विजेताहरूको आधिकारिक रूपमा घोषणा गरियो ।
विजेताहरूः
बजाज पल्सर १५० सीसी – राजु योञ्जन
सामसङ ग्यालेक्सी ए५५ फाइभजी – विवेक खत्री, सुरेन्द्र डंगौरा, विशाल तामाङ ।
एमआई ३२ इन्च एचडी स्मार्ट एलइडी टिभी – सुमन बास्केट, सुमन तामाङ, जगत नगरकोटी, सन्तोष नगरकोटी ।
अल्टिमा नोभा प्रो स्मार्टवाच – दिपक मिश्र, महेश ओली, मनोज चेपाङ, प्रदीप कुमार मानन्धर, नारायण थापा मगर, दिनेश कुमार, रामचन्द्र पौडेल, मनोज थारु, रमेश मगर, प्रसाद न्यौपाने ।
अल्टिमा बूस्ट २०के प्रो २०००० एमएएच पावरब्यांक – नीरज कुश्वार, किरण राई, एमडी जोहेर रेईन, श्याम बहादुर बस्नेत, प्रतीक बिष्ट, उज्ज्वल तामाङ, तिर्थकुमार राई, राम पाख्रिन कुमार, सुरज गुरुङ, राजकुमार आले ।
अल्टिमा एटम १९२ ब्लूटूथ इयरबड्स – दिनेश साउद, दिपक कुमार चौधरी, देवप्रसाद शेरचन, राजकुमार थापा, दिनेश बलायर, दिलकुमार कुस्ले, बैकुण्ठ पराजुली, सुमन मुक्तान, कृष्ण बहादुर भुजेल, नवीन शाह ।
यो गिभअवे क्याम्पेनले ड्राइभरहरूको सहभागिता प्रोत्साहन गर्ने, ब्रान्डप्रति विश्वास बढाउने, र इनड्राइभको ड्राइभर समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ । स्मार्टफोन, स्मार्टवाच, पावरबैंक जस्ता प्रविधिमैत्री पुरस्कारमार्फत यो क्याम्पेनले ड्राइभरहरूको अनुभवलाई थप समृद्ध बनाउने प्रयास गरेको छ ।
इनड्राइभ नेपालका ड्राइभर अपरेशन्स स्पेसलिस्ट, सुनिता जिमी राईले आगामी योजनाहरू प्रति उत्साह व्यक्त गर्दै भनिन्ः “यो सुरुवात मात्र हो । हामी हाम्रो ड्राइभर पार्टनरहरूका लागि अझ रोचक र पुरस्कारयुक्त क्याम्पेनहरू ल्याउने प्रतिवद्धता लिएका छौं । हाम्रो उद्देश्य भनेको ड्राइभर कम्युनिटीलाई अझै ससक्त बनाउँदै थप आर्जनको अवसर सिर्जना गर्नु हो ।”