काठमाडौं । के तपाईँलाई सस्तोमा मोबाइल पठाइदिन्छु, तपाईंलाई चिठ्ठा पर्यो, पार्सल आयो, रकम डबल हुन्छ, क्रिप्टो वा फोरेक्स किन्नुस्, नोकरी लगाइदिन्छु, लगानी गर्नुहोस् भन्नेजस्ता मेसेज आउँछन् ? यदि आउँछन् भने होसियार ! पछिल्लो समय यसरी वित्तीय ठगीमा पर्नेको संख्या बढ्दो छ ।
नेपाल राष्ट्र बैंकले वित्तीय ठगी, चोरी र अपराधबाट बच्न महत्वपूर्ण सूचना जारी गरेको छ । केन्द्रीय बैंकले य्ता मेसेज आएमा नपत्याउन अनुरोध गर्दै कसैले यस्तो भन्दैमा नागरिकता जस्ता निजी कागजात उपलब्ध नगराउन अनुरोध गरेको छ ।
यस्तो मेसेज/सूचनालाई त्यसलाई पत्याएर उसले भने जस्तै आफ्ना गोप्य विवरण तथा नागरिकता जस्ता निजी कागजात दिनुभयो भने सम्पत्ति कमाउने त होइन आफूसँग भएको पनि गुमाउन सक्ने चेतावनी केन्द्रीय बैंकले दिएको छ । यस्ता सन्देशहरू प्राप्त भएमा सधैँ सतर्क र सोचविचार गरेर निर्णय लिनु अत्यन्त आवश्यक छ । सित्तैमा केही पनि नपाइने र यस्ता सन्देशहरूको पछाडि सधैँ कुनै न कुनै दाउपेच लुकेको हुनेतर्फ ध्यान दिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।
समयमै विचार पुर्याएर वित्तीय ठगीबाट बच्न केन्द्रीय बैंकले सूचना जारी गरेको छ ।