काठमाडौं । मोल्नीया पावर लिमिटेडले २०८२ वैशाख १२ गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र आव २०८०/८१ को वार्षिक साधारणसभा सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बार तीनकुनेमा गर्ने निर्णय गरेको हो ।
वार्षिक साधारणसभाका लागि साधारण प्रस्तावहरु सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत आव २०७९/८० र आव २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित २०८० असार मसान्त (आव २०७९/०८०) २०८१ असार मसान्त (आव २०८० /०८१) सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरूउपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेलगायत रहेका छन् ।
यस्तै बैठकले सञ्चालक समितिको बैठक भत्ता परिमार्जन गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने निर्णय पनि गर्नेछ ।
यसैगरी साधारणसभामा शेयरधनीसंग १२ प्रतिशत अथार्त (१००:१२) साधारण हकप्रद शेयर गर्ने र प्रवन्ध पत्रको दफा २ (१) र (२) तथा नियमावलीको दफा २ संशोधन गर्ने विशेष प्रस्तावहरु पनि रहेका छन् ।