काठमाडौं । विभिन्न चार कम्पनीको ७३ लाख १४ हजार ५०७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीहरुले सूचना जारी गर्दै बोनस शेयर नेप्सेमा सूचीकृत भएको जानकारी दिएका हुन् ।
सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको ७ प्रतिशतका दरले ४२ लाख ४० हजार ३७२ कित्ता, जीवन विकास लघुवित्तको १४ प्रतिशतका दरले १८ लाख ८६ हजार ५८६ कित्ता र कालिका लघुवित्तको ९.५० प्रतिशतका दरले ३ लाख ५३ हजार ७०५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यसैगरी राधी विद्युत् कम्पनीको ४.७५ प्रतिशतका दरले ८ लाख ३३ हजार ९०४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको कम्पनीले जनाएको छ ।