काठमाडौं । ट्रेड टावर लिमिटेडले साढे ३९ करोड रुपैयाँ बढीको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले २०७९ असारमै आईपीओ निष्काशनका लागि अनुमति मागेकोमा करिब साढे २ वर्षपछि अनुमति पाएको हो ।
कम्पनीले जारी पुँजीको ४८.७० प्रतिशत आईपीओ जारी गर्न लागेको छ भने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।