प्रतिकित्ता १९० रुपैयाँका दरले एनआईसी एशियाको शेयर बिक्रीमा

काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री खुला गरेको छ । संस्थापक समूहतर्फको ७,१४,९५० कित्ता शेयर बिक्री गर्न लागिएकोमा चैत २६ देखि २०८२ वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने सूचनामा उल्लेख छ ।

संस्थापक समूहको शेयर सोही समूहमा नै रहने गरी बिक्री गर्न पहिलो चरणमा उक्त शेयरहरु खरीद गर्न बैंकको ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुलाई मिति २०७९/०१/०९ गतेदेखि ३५ दिनसम्मको लागि निवेदन आह्वान गरेको थियो । तर विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति र संघसंस्थाका साथै विद्यमान संस्थापक शेयरधनीलाई लिलाम बढाबढद्वारा धितोपत्र बिक्री गर्न लागिएको हो ।

प्रस्ताव गरिएको न्यूनतम प्रति शेयर मूल्य रु. १९० दरले शेयर बिक्री गर्न लागिएकोमा खरिदका लागि खरिदका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार