काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँका दरले शेयर बिक्रीका लागि ३५ दिने सूचना निकालेको हो ।
शेयर न्यूनतमभन्दा बढी मूल्यलाई प्राथमिकता दिई क्रमबद्ध रुपमा अधिकतम कबोल गर्नेलाई बिक्री गरिनेछ ।
हाल उक्त शेयर संस्थापक शेयरधनीले खरिद गर्नसक्नेगरी आवेदन खुलाइएकोमा मागअनुसार निवेदन नपरे सर्वसाधारण व्यक्ति र संस्थााई बेच्नेगरी प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।