काठमाडौं । सुनको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँ किनबेच भएको थियो । विगत चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तरको गिरावट भएको हो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।