काठमाडौं । अर्थ मन्त्रालयले सरोकारवालासँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका लागि सुझाव मागेको छ । २०८२ को वैशाख मसान्तभित्र पठाउने गरी मन्त्रालयले सुझाव मागेको हो ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरूका सम्बन्धमा आफ्ना अमूल्य सुझाव आगामी २०८२ वैशाख मसान्तभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिनुहुन विभिन्न संघ–संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत् तथा आमनागरिकमा हार्दिक अनुरोध गरिन्छ ।’