तीनकुने प्रदर्शन: शाही युवा शक्तिका थप एक सदस्य पक्राउ

काठमाडौं । राजावादी समूहले चैत १५ गते तीनकुनेमा आयोजना गरेको प्रदर्शनमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार पक्राउ परेका व्यक्ति दिलबहादुर श्रेष्ठ हुन्। श्रेष्ठ शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का समूहका सक्रिय सदस्य रहेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको एसपी जिसीले जानकारी दिए।

यसअघि शाही व्यवस्था पुनःस्थापनाको माग गर्दै आयोजित प्रदर्शनमा संलग्न भएको आरोपमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। खड्कामाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तीनकुने घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा हालसम्म २८ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरिसकेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार