स्वाभिमान लघुवित्तको साधारणसभा वैशाख १९ गते

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा २०८२ वैशाख १९ गते स्वाभिमान लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा हुने भएको हो ।

चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो ।

साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने आर्थिक बर्ष २०८० / ०८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,  लेखापरीक्षण प्रतिवेदन सहितको २०८१, आषाढ मसान्तको वासलात, आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१ / ०८२ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु गरिएको छ ।

यस्तै आ.व. २०८०/०८१ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पुँजीको ०.२६३२ प्रतिशतले हुन आउने रकम रु.३,८४,५७५.२१ (अक्षरेपी रु. तीन लाख चौरासी हजार पांच सय पचहत्तर र पैसा २१/१००) बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पनि गरिएको छ ।

आ.व. २०८०/०८१ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम ७३,०६,९२९ । (अक्षरेपी रु. त्रिहत्तर लाख छ हजार नौ सय उन्नतीस) बराबरको बोनश शेयर जारी गर्न स्वीकृत गर्ने विशेष प्रस्ताव पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार