अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई तत्काल आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बुधबार बिहान बसेको बैठकले अछामका आगलागी पीडितलाई तत्कालका लागि ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलन गर्दै अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री शाहले आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि सङ्घीय सरकारसम्मलाई राहात, पुनर्निर्माणमा सहयोगको अपिल समेत गरेका छन् ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको प्रयासपछि लामो समय लगाएर आगलागी नियन्त्रणमा लिइएको थियो ।

