CLI

विदेशी विनियम सञ्चिति २४ खर्ब नाघ्यो

काठमाडौं । मुलुकको कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति चालु आव २०८१/८२ को फागुन मसान्तसम्मको तथ्यांकमा विदेशी विनियम सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको हो ।

गत आवको असारमसान्तसम्म विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । समीक्षा अवधिमा आईपुग्दा विदेशी विनियम सञ्चिति १८.० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड
रहेकोमा २०८१ फागुन मसान्तमा १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ फागुन मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ फागुन मसान्तमा ४४.९
प्रतिशतले वद्धि भई २ खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । २०८१ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

Leave Your Comment

Related News