सुन तोलामै ५७ सयले बढ्यो, हालसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा सुन हालसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य तोलामा ५ हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ८१ हजार १०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ थियो ।

चाँदीको मूल्यमा ६५ रुपैयाँ बढोत्तरी भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार