काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) आगामी अर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीबारे सबै मन्त्री र सचिवसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुनेछ।बैठकमा सबै मन्त्री र सचिव सहभागी हुने बताइएको छ।
सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

