काठमाडौं । बुधबार बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने सामान्य अंकले घटेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१९ अंकले घटेर ४४६.०३ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.१८ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०३ अंकले घटेको हो ।
बिहीबार ३२१ वटा कम्पनीको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर खरिद बिक्री हुँदा करोबार रकम ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार पुगेको छ । जुन बुधबारको तुलनामा कारोबार रकम १ अर्ब १५करोड ३३ लाख ६२ हजारले बढी हो । बुधबार ३१७ वटा कम्पनीको १ करोड ७३ हजार ८२२ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार पुगेको थियो ।
यसैबीच बिहीबार बजार पुँजीकरण रकम ४४ खर्ब ३९ अर्ब ७३ करोड पुगेको छ ।
यसदिन ११४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १३१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ४ वटा उपसमूह बढ्दा ९ वटा घटेको छ । विकास बैंक २, जलविद्युत ३, लघुवित्त १८ र म्युअुचल फण्ड ०.०३ अंकले बढ्दा बैंकिङ १, वित्त १३, होटल र पर्यटन २७, लगानी ०.३२, जीवन बीमा ४३, उत्पादन र प्रशोधन ६२,, निर्जीवन बीमा २५ , व्यापार ५ र अन्य समूह २२ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सिइडीबी होल्डिङस लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड रह्यो । राधी विद्युत कम्पनीको ३५ करोड ९४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३५ करोड २९ लाख, हिमालयन रिइन्स्योरेन्सको ३० करोड ५० ल ाख, सिइडीबी होल्डिङस लिमिटेडको २९ करोड २२ लाख, ङादी ग्रुप पावर लिमिटेडको २६ करोड ५६ लाख बराबर करोबार रह्यो ।

