काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको १५ लाख ७४ हजार २५१ कित्ता शेयर बिक्री खुला गरिएको छ ।
संस्थापक समूहको शेयर सोही समूहमा नै रहने गरी बिक्री गर्न पहिलो चरणमा उक्त शेयर खरिद गर्न इच्छुकका लागि कम्पनीले गत फागुन १ र फागुन १९ गते निवेदन आह्वान गरेको थियो । तर विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै निवेदन प्राप्त नभएपछि तेस्रोपटक आगामी वैशाख १३ गतेसम्मका लागि संस्थापक शेयरधनीहरुका नाममा कम्पनीले सूचना जारी गरेको हो ।
इच्छुक संस्थापक शेयरधनीलाई १५ दिनिभत्र कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाण्डौंमा आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

