काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल आयल निगमले ९ अर्ब ५५ कराेड रूपैयाँ नाफा आर्जन गरेकाे छ ।
आज मिति २०८१ चैत्र २९ गतेका दिन नेपाल आयल निगमले चैत २९ गते सम्पन्न ४३औ वार्षिक साधारण सभा मार्फत आम्दानीकाे जानकारी दिएकाे हाे । गत आवमा निगमले ३ खर्ब ५६ अर्ब ७२ करोड रूपैयाँको पेट्रोलियम पदार्थ आयात गरेकाले ३ खर्ब ६४ अर्ब ५२ करोड रूपैयाँ बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो।

