आज यी स्थानमा बिधुत आपुर्ति बन्द हुने

काठमाडौं ।आज काठमाण्डौ उपत्याकाका बिभिन्न स्थानमा बिधुत आपुर्ति बन्द हुने  भएको छ । लगनखेल बितरण केन्द्र अन्तर्गत इमाडोल फिडरमा ग्वार्को,इमाडोल कृष्ण मन्दिर, ढुङ्गे पोखरी बोजेपोखरी, टिकाथली खानेपानी क्षेत्र कटे लुभु क्षेत्रमा दिउसो २.३० देखी ३.३० सम्म बिधुत नहुने भएको हो । ललितपुर  वितरण केन्द अन्तर्गत जाउलाखेल फिडरमा पाटन हस्पिटल,कुमारीपाटी,मानभवन,जावलाखेल,ए.भी.एम चोक,कुलेश्वर बितरण केन्द्र अन्तर्गत थानकोट बितरण केन्द्रको नैकाप,बलम्बु,चुन्देबी,खहरे , दहचोक क्षेत्रमा दिउसो ११ बजे देखी ४ बजे सम्म बिजुली आपुर्ति नहुने भएको छ । लगनखेल बितरण केन्द्र अन्तर्गत रिङरोड फिडरको महालक्ष्मीथान, थसीखेल,एकान्तकुना,नख्खिपोट,मिलन चोक कान्तिपुर,कोहोनी रानी शोभाहिति,तल्छीखेल,तिखेदेबल क्षेत्रमा बिहान ११ बजे देखी १२ बजे सम्म बिजुली आपुर्ति नहुने भएको हो ।

नक्साल सब डिसि अन्तर्गत टंगाल फिडरको भत्केको पुल देखी धबन्तरी मन्दिर अगाडि सम्म,हांडीगाँउ तह हुँदै खहरे,धुम्बाराही,रा. प्र पा अफिस एंव सन्तबहादुर पुनको घर अगाडि सम्म । कालोपुर एरिया हुँदै मालिगाँउ एंब नक्साल भगवति बहाल मन्दिर सम्म १० देखि १२ .३० सम्म बिधुत आपुर्ति बन्द रहने नेपाल बिधुत प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार