काठमाडौं । उच्च स्तरिय आर्थिक सुधार सुझाब आयोगले नेपाल धितोपत्र बोर्डको संरचना परिबर्तन गर्न सुझाव दिएको छ । आयोगले २०८१ चैत २९ गते नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री बिण्णु पौडेललाई बुझाएको प्रतिबेदनमा नेपाल धोतोपत्र बोर्डको संरचना परिबर्तन गर्नु पर्ने बिषु उल्लेख छ । आयोगले हाल बिध्यमान धितोपत्र ऐन २०६३ मा संशोधग गरी बोर्डको संञ्चालक समितिमा रहने नेपाल चार्टर एकाउन्टेण्ट्स संस्था, नेपाल उधोग बाणिज।य संगको प्रतिनिधि र कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको सह सचिव राख्ने व्यबस्था हटाउन सुझाव पेश गरेको छ ।
आयोगले बोर्डमा १ जना मात्र विग् रहने व्याबस्थालाई परिबर\तन गरी २ जना बिज्ञ राख्न पर्ने सुझाव दिएको हो । त्यसैगरि आयोहले पूजीँबजारको विस्तार सँगै नियमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन धितोपत्र बोर्डमा पर्याप्त जनशक्तिको व्यावस्था सहित कार्यक्षमता अभिबृदिकोलागि स्वायत्तता प्रदान गर्न सुझाव दिएको छ ।
२०८१ असोज २१ गते गठन भएको आयोगले कार्तिक दोस्रो साताबाट आफ्नो कार्य सुरु गरेको थियो । आयोगले बिगतमा नै अर्थतन्त्र सुधारका लागि प्रारम्भिक प्रतिबेदन बुझाएको थियो ।
आयोगले देशभरीका प्रतिनिधिमुलक स्थानमा भौतिक रुपना अन्तरक्रिया गरेको थियो भने देश र बिदेशमा बस्ने सम्पुर्णसँग सुझाव माग गरेको थियो भने बिज्ञसँग छलफल गरेको थियो ।