शनिबार अधिकांश बैंकहरु खुल्ने

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तको सेटलमेन्ट कार्यलाई ध्यानमा राख्दै अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले शनिबार बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन् । चैत मसान्त सकिन लाग्दा बैंकहरुले वित्तीय कारोबार सन्तुलनका लागि शनिबार बैंकिङ सेवा उपलब्ध गराएका हुन् ।

चैतको अन्तिम दिनमा गरिनुपर्ने आर्थिक कारोबार, खाताको अन्तिम लेखाजोखा, भुक्तानी तथा राजस्व संकलन जस्ता महत्त्वपूर्ण कामको चाप रहने भएकाले बैंकहरूले मुख्य शाखाहरू खुला राख्ने निर्णय गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले समेत चैत मसान्तसम्मको आर्थिक कारोबारलाई व्यवस्थित गर्न आवश्यक निर्देशन जारी गरेको छ । आर्थिक वर्षको त्रैमासिक अन्त्यसँग जोडिएको कार्यको सहजताका लागि चैत ३० गते बैंकहरू आंशिक रूपमा खुला हुने व्यवस्था मिलाइएको हो ।

सार्वजनिक बिदाको दिनमा समेत बैंक खुला रहने निर्णयपछि सेवाग्राहीले चैत मसान्तको कारोबार सुचारु गर्न सहज हुने विश्वास गरिएको छ । सोहि क्रममा एनएमबी, हिमालयन , सानिमा , प्रभु बैंकले सार्वजनिक सूचना जारी गर्दै शनिबार पनि बैंक खुला रहने जानकारी दिएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार