सिद्धबाबा सुरुङमार्ग समयमै निर्माण हुन्छ, यात्रा सुरक्षित हुन्छ: अर्थमन्त्री पौडेल

पाल्पा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सिद्धबाबा सुरुङमार्ग निर्माण निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन् । सुरुङमार्गको निरिक्षण गर्दै उनले समयमा नै निर्माण सम्पन्न हुने र यात्रा सुरक्षित हुने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सुरुङमार्ग निर्माण समयमै सम्पन्न हुने भन्दै योजना समयमै सम्पन्न हुने मान्यता स्थापित हुने बताए । ‘सुरुङ निर्माणको काम अन्य पुर्वाधार निर्माण भएजस्तो होइन।’ उनले भने, ‘यो निकै जटिल र चुनौतीपुर्ण काम हो ।’

यो सुरुङ निर्माण भएपछि यसले पूर्वाधार निर्माणमा एउटा छुट्टै उदाहरण कायम गर्ने उनको भनाई थियो ।

यो योजना समयमै निर्माण हुँदा अन्य सबै योजनालाई समयमा सक्नका निम्ति यसले प्रेरणा र दबाब दिने पौडेलले बताए । सरकारले यो योजना समयमा सक्नेगरी निर्माण कार्यअगाडि बढाउन जोड दिइरहेको उनले बताए । भौतिक पूर्वाधार मन्त्रालय, अर्थ मन्त्रालय, निर्माण कम्पनी लगायत सम्बन्धित सबै निकायले चासोका साथ समन्वय गरिरहेको अर्थमन्त्री पौडेलको भनाई छ ।

अर्थमन्त्री पौडेलले उक्त योजनामा काम गरिरहेका सबै मजदुर, कर्मचारी, निर्माण व्यवसायी र सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरे । सुरुङमार्ग बनेपछि यस क्षेत्रमा खसिरहने पहिरोका कारण दुर्घटना न्यूनिकरण हुने भन्दै उनले अबको यात्रा सुरक्षित हुने बताए ।

सुरुङको मुखबाट बाहिर निस्केपछि करिब तल्लो सिद्धबाबा र दोभान साइडतर्फ रकसेड निर्माण हुने छ । राजमार्गमाथि छाना बन्ने र माथिबाट खसेको पहिरो छानाबाट बाहिर जाने मोडलले काम भईरहेको समेत अर्थमन्त्री पौडेलले बताए । सिद्धार्थ राजमार्गको बुटवल पोखरा सडकखण्ड स्तरोन्नति गर्ने कामलाई सरकारले प्राथमिकता दिएको उनले बताए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार