नयाँ वर्ष सुरु हुनु अघि साताको शेयरमा लगानीकर्ताले गुमाए ४९ अर्ब बढी, सबैभन्दा बढी जीवन बीमा समूहले गुमाए

काठमाडौं । नयाँ वर्षको सुरु हुनु अघिको सातामा शेयर बजारका अधिकांश सूचक राम्रो हुन सकेन । यो साता शेयर बजार तीन दिन बढेर बाँकी एक दिन भने घटेको थियो । कुल चार दिन बजार खुलेको हो । अघिल्लो साताहरुको तुलनामा यो साता लगानीकर्ताहरुले ठूलो लगानी गुमाउनु परेको छैन किनकि बजार सुधार हुने क्रममा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता ५ अर्ब ५६ करोड ३९ लाखले कारोबार रकम घटेको छ । गत साता २६ अर्ब ६५ करोड ५० लाख रहेको कारोबार रकम यो साता २१ अर्ब ९ करोड ११ लाखमा सीमित हुन पुगेको छ ।

कारोबार रकमसँगै बजार पुँजीकरण रकम पनि घटेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम ४९ अर्ब २९ करोड ५४ लाखले बजार पुँजीकरण रकममा कमी आएको छ । गत साता ४४ खर्ब ८९ अर्ब ३ करोड बजार पुँजीकरण रकम रहेकोमा यो साता ४४ खर्ब ३९ अर्ब ७३ करोड रहेको छ ।
कारोबार रकम, बजार पुँजीकरण रकम घट्दा कारोबार कित्ता शेयरको संख्या भने बढेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर १ करोड ७२ हजारले घटेको हो । गत साता ६ करोड ६६ लाख ३७ हजार शेयर कित्ता कारोबार हुदाँ यो साता ४ करोड २१ लाख १६ हजार शेयर कित्ता कारोबार संख्या पुगेको छ ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २६०० माथि रहेको छ । यो साता नेप्से परिसूचक २६७०.७० विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ३२६९ अंकले घटेको हो । गत साता नेप्से परिसूचक २७०३.३९ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४४६।०३ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा ४।०५ अंकले घटी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४५०।०८ विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने तीन वटा समुह बढ्दा बाँकी १० वटा समुह घटेको छ । उत्पादन र प्रशोधन समूह सर्वाधिक बढ्दा जीवन बीमा समूह सार्वाधिक घटेको हो । गत साताको तुलनामा यो साता होटल र पर्यटन ११, उतपादन र प्रशोधन ४३ र म्युअुचल फण्ड ०।०८ अंकले बढेको हो ।
साथै गत साताको तुलनामा यो साता बैंकिङ १९, विकास बैंक ५२, वित्त ४८, जलविद्युत ५९, लगानी १, जीवन बीमा १४९, लघुवित्त २५ निर्जीवन बीमा ७८ , व्यापार १४० र अन्य समूह ३८ अंकले घटेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार