गोदावरी स्टिलको वार्षिक साधारणसभा वैशाख २६ मा, आईपीओ निष्काशनबारे छलफल हुने

काठमाडौं । गोदावरी स्टिल लिमिटेडको वार्षिक साधारणसभा २०८२ वैशाख २६ मा कम्पनीको मुख्य कार्यालय ग्वार्को, ललितपुरमा हुने भएको छ ।

कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकको १० औं (पब्लिक कम्पनी भए पश्चात प्रथम ) वार्षिक साधारण सभाका लागि मिति, स्थान र छलफलका विषय तय गरेको हो ।

बैठकमा आईपीओ निष्काशन र शेयर मूल्य निर्धारणबारे छलफल हुनेछ । यसैगरी संचालक समितिको तर्फबाट अध्यक्षले आव २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धी अनुसूचि तथा एनएफआरएस प्रणाली लागू गरि तयार गरिएको वित्तिय विवरण माथि छलफल गरि पारित गर्ने आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने  विषयमा छलफल हुनेछ ।

संचालक समितिमा संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ भने प्रबन्ध संचालकको नियुक्ति तथा सेवा सुविधा सम्बन्धमा पनि छलफल हुनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार