कुमारी बैंकको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले २ लाख १४ हजार १११ कित्ता संस्थापक शेयर बिक्री खुला गरिएको छ ।

संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरिएको थियो । तर आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणमा खुला गरिएको हो ।

इच्छुक संस्थापक शेयरधनीले शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र कुमारी बैंकको शेयर रजस्ट्रार कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिनसक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार