वीरगञ्जको विवाद समाधानका लागि सर्वदलीय बैठक जारी

काठमाडौं । पर्साको पकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि दुई समुदायबीच भड्किएको हिंसा समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वदलीय बैठक बसिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको नेतृत्वमा सर्वदलीय बैठक बसिरहेको हो ।

शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले आज साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको थियो ।

हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेपछि झडप सुरु भएको थियो । शोभा यात्राका सहभागीहरुले आक्रोशित हुँदै केही मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका थिए ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्याँस हानेका थिए । झडपमा दर्जनौं हिन्दूवादी युवा र प्रहरी घाइते भएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार