सुन हालसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा सुन उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको मूल्यलाई पछि पार्दै सुन पुन थप महँगो भएको हो ।

आज सुन प्रति तोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा ३ हजार ९०० रुपैयाँले बढ्दै १ लाख ८५ हजार रुपैयाँ पुगेको थियो । उक्त मूल्यबाट पनि बढ्दै सुन थप महँगिएको हो ।

चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार