विश्वकप एसिया छनोटः नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । काठमाडौंमा आईसीसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुँदैछन् । घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः०० बजेबाट सुरु हुने छ ।

प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् । नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन् । आज नै माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार