काठमाडौं । २०८२ वैशाखका लागि तीन वटा बैंकले निक्षेपको ब्याज घटाउँदा एकले ब्याजदर बढाउैका छ अन्य बाँकी १४ बैंकले स्थिर राखेका छन् । आगामी महिनाका लागि कुमारी, सानिमा र नेपाल बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्टले बढाएको छ ।
वैशाखका लागि एभरेष्ट बैंकले ०.६१ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । बैंकको चैतका लागि ६ प्रतिशत ब्याजदर थियो ।
कुमारीले ०.०९ बिन्दु प्रतिशतले ब्याजदर घटाउँदा सानिमा र नेपालले क्रमशः ०.०१ र ०.३५ बिन्दु प्रतिशतले ब्याजदर घटाएका छन् ।
बैंकहरुको ब्याजदर