वर्षको अन्तिम दिन र साताको पहिलो दिन २६०० मा नेप्से, ८ अंकले घट्दा सवा ६ अर्बको कारोबार

काठमाडौं । २०८१ सालको अन्तिम दिन र साताको पहिलो दिन आइतबार शेयर बजार सामान्य अंकले घटेको छ ।

बिहीबार घटेको शेयर बजार आइतबार भने नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.४० अंकले बढेर ४४६.४४ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.३९ अंकले घट्दा र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१५ अंकले बढेको हो ।

आइतबार ३२२ वटा कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब २८ करोड २ लाख ९६ हजार पुगेको छ । जुन बिहीबारको तुलनामा कारोबार रकम ६४ करोड २३ लाख १५ हजारले बढी हो । बिहीबार ३२१ वटा कम्पनीको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर खरिद बिक्री हुँदा करोबार रकम ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार पुगेको थियो ।

यसैबीच आइतबार बजार पुँजीकरण रकम ४४ खर्ब २५ अर्ब ४० करोड पुगेको छ ।

यसदिन ८८ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।
यस दिन ४ वटा उपसमूह बढ्दा ९ वटा घटेको छ । होटल र पर्यटन ९, लगानी २, म्युअुचल फण्ड ०.०५ र निर्जीवन बीमा १० अंकले बढ्दा बैंकिङ ३, विकास बैंक ४२, वित्त २२, जलविद्युत १६, जीवन बीमा ८२, उत्पादन र प्रशोधन ६०, लघुवित्त १३, व्यापार ६५ र अन्य समूह २० अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सिइडीबी होल्डिङस लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, राधी विद्युत कम्पनी, हिमालयन रिइन्स्योरेन्स र नारायणी विकास बैंक रह्यो । सिइडीबी होल्डिङस लिमिटेडको ४५ करोड ३२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४४ करोड ४६ लाख, राधी विद्युत कम्पनीको ४३ करोड ८२ लाख, हिमालयन रिइन्स्योरेन्सको ३९ करोड ३४ लाख र नारायणी विकास बैंकको २० करोड ६२ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार