रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ ।

आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलाससँग लामिछानेलाई पुर्पक्षमा पठाउनुको कारणसहितको लिखित जवाफ ‘कैफियत प्रतिवेदन’ पठाउन आदेश गरेको हो ।

शुक्रबार लामिछाने पत्नी निकिता पौडेलले रविलाई थुनामा पठाउने उच्चको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा ‘थुनुवा दफा ७३’ निवेदन दायर गरे थिइन् ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार