काठमाडौं । बैङ्कर तथा समाजसेवी कृष्ण हरि बुढाथोकीले अर्थशास्त्र विषयमा विद्यावारिधी उपाधी प्राप्त गरेका उनले त्रिभुवन विश्वविद्यालय मानविकी संकायशास्त्रबाट सो उपाधि प्राप्त गरेका हुन् । बुढाथोकीले नेपालका राजनैतिक नेतृत्वले आर्थिक विकासमा खेल्ने योगदान विषयमा खोज अध्ययन पश्चात उक्त उपाधि प्राप्त गरेका हुन् ।
बुढाथोकीले ६ वटा विषयमा मास्टर डिग्री हासिल गरि अंग्रेजी विषयमा एमफिल सम्मको अध्ययन सकाएर अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका हुन् ।
उनि बैङ्कर हुनुका साथै अध्ययन अनुसन्धान सहित बिभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भुमिका निर्बाह गरिरहेका छन् । उनका बिभिन्न जर्नलमा खोज अनुसन्धानमुलक लेख रचना पनि प्रकाशित भइरहेका छन् । उनी बिकास र अर्थशास्त्रमा काम गर्न रुचाउछन् ।