काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ को स्वागतमा जम्वो इको भेहिकलले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘धमाका’ अफर सार्वजनिक गरेको छ। यस विशेष योजनाअन्तर्गत ग्राहकले इलेक्ट्रीक स्कुटर खरिद गर्दा ५० हजार रुपैयाँसम्मको नगद छुटसहित विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन्।
ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै, कम्पनीले स्कुटरसँगै दुर्घटना बीमा तथा आइएसआई मापदण्डअनुसारको गुणस्तरीय हेलमेट पनि उपलब्ध गराउँदै आएको छ। साथै, खरिद प्रक्रियालाई थप सहज र सरल बनाउन स्पट फाइनान्सको सुविधा समेत उपलब्ध गराइएको छ।
काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रलाई केन्द्रमा राख्दै लोकन्थलीमा सञ्चालनमा रहेको जम्वो इको भेहिकलको मल्टी-ब्राण्ड शोरुमले लेभनिङ, एमडीकेए, ग्यारो, प्योर ईभी लगायतका प्रतिष्ठित ब्राण्डका इलेक्ट्रीक स्कुटरहरू एउटै स्थानमा उपलब्ध गराएको छ। यति मात्र होइन, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका उपभोक्ताहरूका लागि विभिन्न मोडेलका इलेक्ट्रिक साइकलहरू पनि किफायती मूल्यमा बिक्री वितरण गर्दै आएको छ।
शोरुमले बिक्रीपछिको सेवामा विशेष ध्यान दिँदै सर्भिस, ब्याट्री, मोटर, चार्जर लगायत स्पेयर पार्ट्सहरू उचित मूल्यमा एउटै छानामुनि उपलब्ध गराएको छ। ग्राहकलाई थप सहज सेवा प्रदान गर्न होम सर्भिसको व्यवस्था समेत गरिएको कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन्।
हाल जम्वो इको भेहिकलले ३५० वाटदेखि ३००० वाट क्षमताका मोटरसहित ७२ भोल्टसम्मका इलेक्ट्रीक स्कुटर तथा ई(साइकलहरू बिक्री गर्दै आएको छ, जसको मूल्य ६० हजार देखि ३ लाख २० हजार रुपैयाँसम्म रहेको छ। यी सम्पूर्ण मोडेलहरूमा नयाँ वर्षको विशेष छुट योजना लागू हुने कम्पनीले जनाएको छ।