तपाईँको खाताबाट अनधिकृत कारोबार भएमा के गर्ने ?

काठमाडौं । प्रविधिको विकाससँगै विद्युतीय (डिजिटल ठगी) को प्रकार र प्रकृति पनि बढ्दो क्रममा छ ।

तपाईँले आफ्नो व्यक्तिगत तथा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा बैंकिङ वा बैंक खातासम्बन्धी सूचना अनधिकृत व्यक्तिको हातमा परी चोरी, ठगी वा अन्य वित्तीय हानीमा पर्न सक्नुहुन्छ ।

यस्तो हुँदा के गर्ने ? तपाईंको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कहाँ र कसलाई खबर गर्ने थाहा पाउनु भएको छ ? बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्रि नम्बर तथा ग्राहकको सहयोगको लागि कर्मचारीहरू कस्टुमर सपोर्ट टिमको व्यवस्था गरेका हुन्छन् ।

कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाईमा खबर गर्नु पर्दछ | डिजिटल ठगी  र अनधिकृत कारोबारको जोखिम बढ्दो रहेकाले आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरूको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरु थाहा पाइराख्न जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार