पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ ल्याएको थियो ।

सुरुमा स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको थियो । जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशतले हुने १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि र १ लाख ४४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेपश्चात् कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । आईपीओका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार