CLI

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयरहरु बिक्री गर्ने इच्छा राखी निवेदन दिएपछि कम्पनीले सञ्चालक समितिको बैठकमार्फत् शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

संस्थापक शेयर हाल कायम विकास बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको हो । इच्छुकले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको अनुसूचि ३ को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, पछिल्लो आवको कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपि संलग्न गरी बैंकको कर्पोरेट कार्यालय, बनेपमा आफूले खरिद गर्न चाहेको शेयर कित्तासहित आवेदन दिनसक्नेछन् ।

कम्पनीले बिक्री खुला गरिएको शेयर कित्ता भने खुलाएको छैन ।

Leave Your Comment

Related News