काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १ लाख ४२ हजार ५१३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी शान्त राज बतासले आफ्नो नाममा रहेको शेयर विक्री गर्न निवेदन दिएपछि बैंकले सो शेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक शेयर बेच्न संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीहरुका लागि उक्त शेयर जारी गरिएको हो ।
इच्छुक संस्थापक शेयरधनीले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौँमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।