नयाँ वर्षको पहिलो दिन सुनको मूल्य घट्यो

काठमाडौं । नयाँ वर्षको पहिलो दिन सुनको मूल्य घटेको छछ । सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रति तोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनका साथै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार